१० भदौ २०८३, बुधबार | August 26, 2026

विश्वभर ६ लाख ६७ हजारभन्दा बढी संक्रमित थपिए, १३ हजारको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ६७ हजार २३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १३ हजार चार जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ६८ लाख तीन हजार २८८ र मृत्यु हुनेको संख्या १८ लाख ७४ हजार ३०७ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख २१ हजार ८५१ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४६१ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १७ हजार ९०८ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २६५ जनाका कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५७ हजार ४४७, इटलीमा १५ हजार ३७८, ब्राजिलमा ५७ हजार ४४७, जर्मनीमा आठ हजार ७०, रसियामा २४ हजार २४६, फ्रान्समा २० हजार ४८९, कोलम्बियामा १६ हजार ८३५ तथा इरानमा ६ हजार ११३ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : ५३ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक