६ श्रावण २०८३, बुधबार | July 22, 2026

सनराइज बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न, बोनस शेयर र नगद लाभांश बाँडिने



काठमाडौं । सनराइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडज्यूको सभापतित्वमा शुक्रबार सम्पन्न साधारणसभाले बोनस सेयर र नगद लाभांश बाँड्ने निर्णय गरेको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८०% प्रतिशतका दरले हुने ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसा बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८% का दरले हुने नगद लाभांश २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ ६२ पैसा (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिष्ठित व्यावसायिक घरानाहरु संस्थापक तथा कुशल व्यवस्थापक रहेको यो बैंक मिति २०६४ साल आश्विन २५ मा स्थापना भएको हो ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ९६ करोड रहेकोमा साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चारसय ९९ रुपैयाँ ३९ पैसा कायम हुन गएको छ ।

देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषिजन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापारिक घराना समेतलाई सनराइज बैंकको सेवामा आवद्ध छन् ।

बैकले हाल १३९ वटा शाखा, ६१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ४ : ३७ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा