१ आश्विन २०८३, बिहिबार | September 18, 2026

एक महिनादेखि डोल्पामा टेलिफोन सेवा प्रभावित



डोल्पा । हिमाली जिल्ला डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित भएको छ । ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा प्रभावित भएको छ । एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आएका छन ।

जिल्लाको दुनै, जुफाललगायतका ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ । बारम्बार लाइन जाने गरेका कारण राम्ररी कुराकानी गर्न नसकिने गरेको स्थानीय बासिन्दा बताउँछन ।

मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको बताए । सदरमुकाम दुनैको फोन सेवा काम नलाग्ने भएको छ, कैयौंपटक डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ न त उताको नै,’ उनले भने ।

दुनैको फोन सेवाले काम नगरेकै कारण फोन गर्नकै लागि घन्टौँ हिँडेर सदरमुकाम दुनै पुगेको उनले बताए । ‘पैसा भने काटिन्छ, कुराकानी हुँदैन,’ उनले गुनासो गरे । कमजोर सेवाका कारण हैरान भएपछि नागरिक, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू आफैँ दूरसञ्चार कार्यालय धाउन थालेका छन ।

‘फोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ, मिनेटमै हुने कामका लागि पनि घन्टौँ कुर्नु परिरहेको छ,’ डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले भने । जिल्लामा बाँडिएको एडिएसएल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंकहरू प्रभावित भएका छन ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ०८ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा