२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बाजुरामा ट्याक्टर दुर्घटना हुदा एक जनाकाे मृत्यु



बाजुरा । बाजुरा जिल्ला बडीमालिका नगरपालिका–९ चौराटी खेतमा सोमबार राति ट्याक्टर दुर्घटनामा हुदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका ४ छापुका ६० वर्षीय धन नाथ योगीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार सोमबार राति रित्ता ग्यासका सिलिण्डर बोकेर तिपाडा जादै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका नाथयागीको उपचारका क्रममा मृत्यु भएको बताए । ट्याक्टर दुर्घटना हुदा सडक भन्दा एक सय मिटर तल खसेको प्रहरी निरिक्षक ठगुन्नाले बताए ।

ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्बर प्लेट समेत नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ३४ बजे

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको