२९ भदौ २०८३, सोमबार | September 15, 2026

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजबाट बिक्री खुला, आवेदन गर्ने सबैले शेयर पाउने



काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको इतिहासकै ठूलो आईपीओ आजबाट बिक्री खुला भएको छ ।

बैंकले ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । यो नेपाली धितोपत्र बजारकै हालसम्मको सबै भन्दा ठूलो आईपीओ हो  । जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्टाइएको छ । त्यस्तै ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्टाइएको हो ।

बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ । आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

सर्वसाधारणले आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आबेदन गर्ने सबैले शेयर पाउने छन् ।

आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ८० पैसा र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको  वित्तीय विरण अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ५७ पैसा र प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा रहेको छ ।

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ५१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ