१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजबाट बिक्री खुला, आवेदन गर्ने सबैले शेयर पाउने



काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको इतिहासकै ठूलो आईपीओ आजबाट बिक्री खुला भएको छ ।

बैंकले ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । यो नेपाली धितोपत्र बजारकै हालसम्मको सबै भन्दा ठूलो आईपीओ हो  । जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्टाइएको छ । त्यस्तै ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्टाइएको हो ।

बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ । आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

सर्वसाधारणले आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आबेदन गर्ने सबैले शेयर पाउने छन् ।

आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ८० पैसा र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको  वित्तीय विरण अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ५७ पैसा र प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा रहेको छ ।

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ५१ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,