६ श्रावण २०८३, बुधबार | July 22, 2026

नबिल बैंकको ३६औं वार्षिक साधारणसभा सम्पन्न, ३५.२६ प्रतिशत लाभांश बाँढ्ने



काठमाडौं । नबिल बैंकले आफ्ना शेयरधनीहरुलाई ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

गत पुष २९ गते बसेको बैंकको ३६औं साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ४६ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७ अर्ब पु-याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूँजी यस बर्ष १३ अर्ब ४८ करोड नाघेको छ ।

साधारणसभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध चयन भएका छन् ।

त्यसअघि साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु-याउन सफल भएको बताए ।

त्यसक्रममा उनले भने, ‘हामी ठूलो बैंकसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौं । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकाल देखि हालसम्म २१ अर्ब भन्दा बढी रकम देशको राजश्वमा योगदान गरिसकेको छौं ।’

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।देशभर नबिल बैंकका ११९ वटा शाखाहरु, १८५ वटा एटिएम रहेका छन् । यसैगरी १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथ देशभर र विश्वभर धेरै एजेन्टहरुमार्फत बैंकले सेवा प्रदान गरेर आफ्ना सबै ग्राहकहरुको विश्वास जित्दै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १२ : २२ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा