२४ आश्विन २०८३, शनिबार | October 10, 2026

सुवास नेम्वाङले मुख खोले : संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विशेषाधिकार हुन्छ



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि लामो समय मौन बसेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसदीय ब्यवस्थामा प्रधानमन्त्रीलाई विशेषाधिकार हुने तर्क अघि सारेका छन् ।

नेकपा ओली पक्षले गरेको कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले आफुले विगतमा प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने कुरा बताएको भएपनि त्यो फरक सन्दर्भमा बोलेको दाबी गरे । नेम्वाङले आफूले अहिलेको संविधानअनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्ने धारणा राखेको तर अहिले सन्दर्भ फरक रहेको बताए।

‘मैले बोलेको त्यो कुरा अहिले भाइरल बनाइएको छ, हो मैले त्यो कुरा २०७६ साउन ६ गते धुलिखेलमा पत्रकारलाई प्रशिक्षित गर्ने क्रममा बोलेको हुँ,’ नेम्वाङले भने, ‘तर अहिले प्रसंग फरक छ।’

नेम्वाङले देशको शासन व्यवस्था संसदीय प्रणालीबाट चलेको हुँदा संंसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विशेष अधिकार हुने तर्क गरे। उनले व्यवस्था अनुसार नै प्रधानमन्त्रीले अदालतलाई दिएको जवाफमा पनि यो कुरा व्याख्या गरिएको स्पष्ट पारे । संसदीय व्यवस्थामा प्रधानमन्त्रीको विशेषाधिकारलाई संविधानले निषेध नगरेको नेम्वाङको भनाई छ ।

पूर्वसभामुख नेम्वाङले प्रधानमन्त्री ओलीको प्रतिरक्षा गर्दै दुईतिहाइको प्रधानमन्त्री भएर पनि केहि काम गर्न नदिएपछि संसद विघटन गर्नुपरेको बताए ।

वर्तमान सरकारलाई कामचलाउन भनिएको प्रति असहमती जनाउँदै नेम्वाङले ओली नेतृत्वको सरकार कामचलाऊ नभएको दाबी गरे। निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता लागु नगरेसम्म ओली सरकारले सबै खालका काम गर्न पाउने दाबी गरे ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ३ : ५८ बजे

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध