२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

संविधानको रक्षा गर्नु नै आजको आवश्यकता : शशांक कोइराला



कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको रक्षा गर्नु नै आजको आवश्यक भएको बताएका छन ।

संसद बिघटनको बिरोधमा आज पुर्वी नवलपरासीको देवचुलीमा भएको विरोध सभालाई सम्बोधन गर्दै कोईरालाले संसद विघटन गरेर सरकारले संविधानमाथि कुठाराघात गरेको आरोप लगाए ।

कोइरालाले संविधान मिचिँदा काँग्रेस चुप लागेर बस्न नसक्ने जनाउँदै संविधानको रक्षा गर्नु आवश्यक भएको बताए ।

काँग्रेस महामन्त्री कोइरालाले नेकपाको विभाजनबारे निर्वाचन आयोगले छिटो टुंगो लगाउनुपर्ने बताए । आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताउँदै उनले भने, ‘ नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।’

यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो । तर, आउँदो चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी हुने कोइरालाले दाबी गरे ।

महामन्त्री कोइरालाले कांग्रेसले स्वतन्त्र रुपमा एक्लै आन्दोलन गर्ने बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ४ : २८ बजे

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि