२३ श्रावण २०८३, शनिबार | August 8, 2026

प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगितामा : टिम रावत र भीएसलाई उपाधि



काठमाडौं । टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । टिम रावत ब्वाइज तथा भीएस गल्र्समा पहिलो भए ।

घट्टेकुलोस्थित आयोजक सूर्योदय एजुकेसन फाउन्डनद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ ले पराजित ग¥यो । भीएसले क्याम्पियनलाई १९–१२ ले हराउदै तेश्रो भयो । पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

गल्र्सको उपाधि भिडन्तमा भीएसले सूर्योदय ‘बी’ लाई १९–१४ ले पन्छायो । साइपाल ‘बी’ तेश्रो बन्यो । साइपाल ‘बी’ ले सूर्योदय ‘ए’ लाई १४–१० ले पाखा लगायो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार पाए ।

ब्वाइजमा टिम रावतका सम्राट भूमि तथा गल्र्समा भीएसकी अनिता सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा भीएसका राजीव आले तथा गल्र्समा सूर्योदय ‘ए’ की सम्झना शाही सर्वाधिक स्कोरकर्ता बने ।

प्रतियोगिताभर राजीवले ५१ तथा सम्झनाले ३१ स्कोर गरे । चारैले जनही २ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान, राष्ट्रिय महिला बास्केटबल टोलीकी उप कप्तान प्रीति तुलाचन, आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, टाइटल स्पोन्सर प्यासिफिक होस्पिटालिटी कुलिनरी एकेडेमी (पीएचसीए) का प्रबन्ध निर्देशक सुशिल थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा आयोजक सूर्योदयले सदीश र प्रीतिलाई नगदसहित सम्मान गरेको थियो । अध्यक्ष केसी र प्रबन्ध निर्देशक थापाले दुवैलाई जनही १० हजार, दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा नेपालले पुरुषमा कांस्य तथा महिलामा रजत जितेको थियो । त्यसै अवसरमा पीएचसीएलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

तीनदिने प्रतियोगिताको ब्वाइज ३२ तथा गल्र्समा १६ गरी जम्मा ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : ०३ बजे

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका

अतुल्य पर्वत, पवित्र सरोवर र आस्थाको संगम : कैलाश-मानसरोवरको दिव्य यात्रा

हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर