७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

तिनाउ मिसनको ५५ औ शाखा बर्दघाटमा



बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको ५५ औं शाखा नवलपरासी पश्चिमको बर्दघाटमा सञ्चालनमा आएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं। ४ बर्दघाटमा थप शाखा विस्तार गरेको हो । आज देखि सञ्चालनमा आएको शाखाको एक समारोहका बीच विकास बैंक संचालक समितका अध्यक्ष जीवन प्रसाद ओझा र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले संयुक्त रुपमा उदघाटन गरे ।

शाखा उद्घाटनकै अवसर पारेर बैंकले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत स्थानीय दाउन्नेदेवी माध्यमिक विद्यालय र श्री नवजीवन माध्यमिक विद्यालयका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामग्री प्रदान गरेको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै बैंकका संचालक समितिका अध्यक्ष जिवन प्रसाद ओझाले सर्वसाधारणलाई आधुनिक बैंकका पहुंचमा पु-याउन गाँउगाँउमा बैंकले शाखा खोल्दै गएको बताए ।

कार्यक्रममा संचालक सदस्य ऋषिराम पाण्डे, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

१७ अर्व ६७ करोड निक्षेप संकलन गरी १३ अर्व ३० करोड कर्जा लगानी गरेको बैंकले १५ वटा एटिएमबाट सेवा दिईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक ईन्टरनेशनलले गाभ्नको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती दिए लगत्तै सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुने श्रेष्ठले बताए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : १९ बजे

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री