१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बृहत नागरिक आन्दोलनका प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठी र पानीको फोहोराको वर्षा



काठमाडौं । बृहत नागरिक आन्दोलनको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

कमलपोखरीको माटो निधारमा लगाएर बालुवाटार पुगेका नागरिक आन्दोलनकारीमाथि प्रहरीले पानीको फोहोरा र लाठिचार्ज गर्दै हस्तक्षेप गरेको हो ।

आन्दोलनकारी भाटभटेनी चोकबाट अघि बढेपछि प्रहरीले हस्तक्षेप सुरु गरेको थियो । प्रहरी हस्तक्षेपका क्रममा पत्रकार नारायण वाग्लेसहितका आन्दोलनकारी नागरिक अगुवा घाइते भएका छन् ।

घाइते पत्रकार वाग्लेले बालुवाटारबाटै तेस्रो जनआन्दोलनको सुरुवात भएको बताएका छन् । सरकारले नागरिकको आवाज दबाउन बर्बर दमन गरेको आरोप लगाउँदै वाग्लेले अब तेस्रो जनआन्दोलनले सरकारलाई बढार्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु आज सोमबारको प्रदर्शनमा सहभागी थिए।

 

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ४ : ४३ बजे

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा