१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-नेपाल निकट सांसदहरुको धर्ना



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् ।

नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमन तर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताइन । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको भुसालको भनाइ छ ।

विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आम जनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताए । संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको गजुरेलले बताए ।

नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबारदेखि सुरु भएको यस धर्ना शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ३ : ०५ बजे

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा

सङ्खुवासभाको सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोले