६ श्रावण २०८३, बुधबार | July 23, 2026

नागरिक अधिकार बहाल नगरे म्यानमार विरुद्ध प्रतिबन्ध लगाउने अमेरिकी चेतावनी



अमेरिकाले म्यानमारको सैनिक शासक विरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गर्दै नागरिक अधिकार र सरकारलाई पुनर्वहाली नगरे म्यानमारमाथि पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

नागरिक सरकारलाई अपदस्त गरेर नोवल पुरस्कार विजेता एवं म्यानमारका सर्वोच्च नेतृ आङ साङ सु की, राष्ट्रपति, मन्त्री सांसदहरु लगायतका नेताहरुलाई तत्काल रिहा गर्न पनि राष्ट्रपति बाइडेनले चेतावनी दिएका छन् ।

अमेरिकाले म्यानमारमा बर्षौपहिलेदेखि प्रतिबन्ध लगाउँदै आएको थियो । तर सेनाले नागरिक सरकारलाई सत्ता हस्तान्तरण गरेपछि केही वर्षदेखि ती प्रतिबन्ध हटाइएको थियो । यद्यपी, रोहिङ्गा मुसलमानहरुमाथि जातीय नरसंहार गरेको भन्दै त्यहाँका सेना प्रमुख र अन्य कैयौं सैनिक अधिकारीहरुमाथि भने अमेरिकी प्रतिबन्ध कायमै छ ।

बाइडेनले विज्ञप्तिमा भनिएको छ, ‘गत दशकमा म्यानमार प्रजातान्त्रिक प्रणालीमा देखिएको प्रगतिका आधारमा अमेरिकाले प्रतिबन्ध हटाएको थियो। तर ती प्रगतिमा अहिले प्रतिगमन भएपछि पुनः प्रतिबन्धको नीतिमा आवश्यक कदमसहित तत्काल पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ।’

बाइडेनले राजनीतिक दलका नेताहरूलाई पक्राउ गर्नु म्यानमारको प्रजातान्त्रिक रूपान्तरण र कानुनको शासनमाथिको प्रहार भएको बताएका छन्।

केही दिन अघि मात्रै राष्ट्रपतिको कार्यभार सम्हालेका बाइडेनको विदेश नीतिमा म्यानमारको घटना जटिल बनेको छ । त्यसैले पनि उनले सैनिक कु प्रति तत्कालै कडा प्रतिक्रिया जनाएर बाँकी विश्वलाई समेत सन्देश दिन खोजेका छन् । राष्ट्रपति बाइडेनले म्यानमारमा हिरासतमा रहेका नेताहरुको रिहाईका लागि अन्तराष्ट्रिय दबाब बढाउन सहयोगी मित्र देशहरुलाई आग्रह गरेका छन् ।

बाइडेनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘म्यानमारको सैनिकलाई शक्ति तुरून्त फिर्ता गर्न र नेताहरूलाई तुरून्त रिहाइ गर्न दबाब दिन अन्तर्राष्ट्रिय समुदायले एउटै स्वर बनाउनु आवश्यक छ ।’

बाइडेनले कठिन घडीमा को/को म्यानमारका नागरिकका पक्षमा उभिएका छन् भन्ने पनि आफूले हेरिरहेको बताएर चीनलाई समेत दबाब दिन खोजेका छन् । म्यानमार र छिमेकी चीनबीच असल सम्बन्ध कायम छ । चीनले भने म्यानमारको समस्या त्यहीँका शक्तिहरुको आपसी समझदारी र सल्लाहमा सुल्झिनुपर्ने बताउँदै बाह्य हस्तक्षेपलाई अस्वीकार गरेको छ ।

उता, म्यानमारको घटनालाई लिएर संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठक बस्न लागेको छ । बैठकमा चीनको भुमिकाबारे धेरैले चासो व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : २६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क