४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज प्रचण्ड-नेपाल पक्षको बन्द, देशभरको जनजीवन प्रभावित, सुरक्षा व्यवस्था कडा



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षको आज नेपाल बन्दको आह्वान गरेको छ । संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा नेकपाले देशब्यापी आमहड्तालको आह्वान गरेको हो ।

बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौंका चक्रपथ क्षेत्रमा बिहानको समयमा सार्वजनिक यातायातका साधन केही चलेपनि भित्रि सडकहरुमा चलेका छैनन् । त्यस्तै बजार, शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्पप्रायः छन् ।

तर, एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान, परीक्षामा सहभागी हुने विद्यार्थीका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भएका छन् ।

बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न बुधबारनै विज्ञप्तिमार्फत आह्वान गरेको थियो ।

आजको बन्दमा देशभरका अस्पताल, एम्बुलेन्स, पत्रकार दुध, पानी, कुटनीतिक नियोग, प्रहरी र सेना बाहेक सबै यातायात र बजार पूर्ण रूपमा बन्द हुने नेकपाले जनाएको छ ।

त्यसैगरि परीक्षा दिने विद्यार्थी, प्रवेश पत्र लिएर जाने विद्यार्थीलाई सवारी साधन लियर जाँदा छुट दिने बन्दकर्ता बताएका छन् । काठमाडौंमा बिशेष गरेर नेकपाले शीर्ष नेताहरूकै नेतृत्वमा विभिन्न टोलीहरू खटाएको छ ।

नेकपाले कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङलाई कमान्डर तोकेको छ । त्यसैगरी पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपाल चोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मालाई कमाण्डर तोकिएका छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ७ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको