१६ असार २०८३, मंगलबार | June 30, 2026

केपी ओलीको ‘जंगली राज’ विरुद्ध एकजुट हुन प्रचण्डको आह्वान (भिडियो सहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुनको पहिलो हप्तादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन् ।

प्रचण्ड नेपाल नेकपाद्वारा आयोजित आम हड्ताल सफल बनाउन कोटेश्वर चोक पुगेका अध्यक्ष प्रचण्डले संचारकर्मीहरुसँग कुरा गर्दै फागुन पहिलो हप्तादेखि हुने जनआन्दोलनले केपी ओलीको निरंकुशतालाई बढार्ने दाबी गरेका हुन् । अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाज, पत्रकार, साहित्यकार, बुद्धिजीविसहित सबै मिलेर संयुक्त जनआन्दोलन गर्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले भने, ‘हाम्रो हान्दोलन अझ सशक्त बन्छ । केपी ओलीको बलमिच्याईं र निरंकुशताको पराकष्टाको प्रतिवादमा हामीले २८ गतेको विशाल शक्ति प्रदर्शन गर्दैछौं । त्यसपछि पनि ओलीले चेतेनन भने हामी ठूलो आन्दोलनमा जान्छौं । सबै लोकतान्त्रिक शक्तिबीचको एकताबाट फागुन पहिलो सातादेखि जनआन्दोलन सुरु हुन्छ । त्यसले लोकतन्त्र विरोधी र निरंकुशताका पक्षधरलाई बढार्छ भन्ने हाम्रो विश्वास छ ।’

प्रचण्डले अहिलेको अवस्था ओली र प्रचण्ड एवं ओली र माधव नेपालबीचको जुहारीको अवस्था नभएर । लोकतन्त्र र लोकतन्त्र विरोधी, गणतन्त्र र गणतन्त्र विरोधीबीचको लडाईं भएको स्पष्ट पारे । उनले संविधान मिचिएको हुनाले सबै राजनीतिक दल ओलीको अलोकतान्त्रिक कदम विरुद्ध सडकमा रहेको जनाए ।

‘अहिले जसरी संविधान नियम कानुन मिचेर सर्वसत्ताद चलाउन खोजिएको छ त्यसको प्रतिवाद गरिएन भने ७० वर्ष लडेर ल्याएको लोकतन्त्र, संविधान र गणतन्त्र समाप्त हुने अवस्था छ’, प्रचण्डले आम हड्ताल गर्नु कुनै रहर नभै बाध्यता भएको बुझिदिन आग्रह गर्दै भने, ‘जनताको भावनालाई हामी बुझेका छौं । कहिलेकाहीँ बाध्यात्मक अवस्था आउँदो रहेछ । जनताको अधिकार स्थापित गर्ने अधिकार भएकाले केही कष्ट जनताले जनताले सहिदिने हामी विश्वास गर्दछौ ।’

अध्यक्ष प्रचण्डले सरकारले संविधान मिचेर दिउँसै रात पार्दै जंगली राज सुरु गरेको आरोप लगाए । उनले भने, ‘केपी ओलीले जुनदिन संसद विघटन गर्नुभयो र अहिले संवैधानिक आयोगमाका पदाधिकारीमा जवरजस्ती सपथ ग्रहरण गराउनु भयो त्यसबाट प्रतिगमनको भद्दा रुप देखियो । ओलीले जंगल राज सुरु गर्नुभयो । यसको प्रतिवाद अनिवार्य छ ।’

आफैले संविधान मिच्ने लोकतन्त्रमाथि प्रहार गर्ने अनि मान्छे बट्लेर पञ्चायतको अन्तताका पञ्चहरुले जस्तै पञ्च याली निकाल्न लागको भन्दै प्रचण्डले ओलीको थप आलोचना गरे ।

भिडियो सहित

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  १० : २० बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी