२८ बैशाख २०८३, सोमबार | May 11, 2026

बैतडीकी युवती भागरथी भट्ट हत्याका अपराधीलाई कडा कारवाही गर : देउवा



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा कक्षा १२ मा अध्यनरत युवतीको मृत्युको बिषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चासो ब्यक्त गरेका छन् । गत २२ गते साँझ दोगकेदार गाँउकै जङ्गलमा सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा अध्ययनरत कतोलाकी १९ वर्षीया भागरथी भट्टको शव फेला परेको थियो । नेपाली कांग्रेसका सभापति देउवाले बैतडीमा किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै अपराधी तत्काल पत्ता लगाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

२२ गते बुधबार बिहान विद्यालय हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट गत बिहीबार साँझ घनजिकैको जंगलमा मृत भेटिएकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्न धनगढीबाट तालिम प्राप्त कुकुर मगाएको छ भने अनुसन्धान अधिकृत नियुक्त गरि अनुसन्धानलाई तिब्र पारेको जनाएको छ ।

सभापति देउवाले सामाजिक सञ्जाल मार्फत भागिरथको मृत्युको घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहत भएको छु,’ देउवाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु। भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।’

प्रहरीको प्रारम्भिक अनुसन्धानले भागिरथको बलात्कार पछि हत्या भएको अनुमान गरेको छ । शव बीच जंगलमा भेटिएको तथा शरीरभरि नीलडाम र घाउ हुनुका साथै कपडा पनि च्यातिएको अवस्थामा शव भेटिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ११ : ५२ बजे

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा

खजुरा पालिका गान विवाद : २ जना प्रतिष्ठान सदस्यबाट राजीनामा

खजुरा । बाँकेको खजुरा गाँउपालिकाले सार्वजनिक गरेको पालिका गानको विवाद

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि