१ पुस २०८२, मंगलबार | December 16, 2025

बैतडीकी युवती भागरथी भट्ट हत्याका अपराधीलाई कडा कारवाही गर : देउवा



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा कक्षा १२ मा अध्यनरत युवतीको मृत्युको बिषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चासो ब्यक्त गरेका छन् । गत २२ गते साँझ दोगकेदार गाँउकै जङ्गलमा सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा अध्ययनरत कतोलाकी १९ वर्षीया भागरथी भट्टको शव फेला परेको थियो । नेपाली कांग्रेसका सभापति देउवाले बैतडीमा किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै अपराधी तत्काल पत्ता लगाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

२२ गते बुधबार बिहान विद्यालय हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट गत बिहीबार साँझ घनजिकैको जंगलमा मृत भेटिएकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्न धनगढीबाट तालिम प्राप्त कुकुर मगाएको छ भने अनुसन्धान अधिकृत नियुक्त गरि अनुसन्धानलाई तिब्र पारेको जनाएको छ ।

सभापति देउवाले सामाजिक सञ्जाल मार्फत भागिरथको मृत्युको घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहत भएको छु,’ देउवाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु। भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।’

प्रहरीको प्रारम्भिक अनुसन्धानले भागिरथको बलात्कार पछि हत्या भएको अनुमान गरेको छ । शव बीच जंगलमा भेटिएको तथा शरीरभरि नीलडाम र घाउ हुनुका साथै कपडा पनि च्यातिएको अवस्थामा शव भेटिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ११ : ५२ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा