६ श्रावण २०८३, बुधबार | July 22, 2026

भागरथी भट्ट हत्या प्रकरणका अभियुक्त दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक



बैतडी । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले पत्रकार सम्मेलन गरी भट्टलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले प्रत्यक्षदर्शी, प्राप्त प्रमाण र साबिती बयानका आधारमा दिनेश भट्टराई पक्राउ गरिएको बताए ।

सोधपुछका क्रममा दिनेशले भागरथीका बुबाले आफ्नी फूपूलाई जवरजस्ती गरेको बदला लिन भागरथीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । भट्ट भागरथीलाई न्याय माग्दै गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए ।

जिल्ला अदालत बैतडीले आजै अभियुक्त भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको डीआईजी सुवेदीले जानकारी दिए । आरोपित भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

बुधबार बिहान अभियुक्त भट्टविरुद्ध भागरथीका दाइ केशवराज भट्टले किटानी जाहेरी दर्ता गराएका छन् ।

अभियुक्त भट्टले आफूले भागरथीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । उनलाई प्रहरीले घरबाट मंगलबार साँझ पक्राउ गरेको थियो ।

माघ २१ गते स्कुल गएकी १७ वर्षीया किशोरी भागरथी घर नफर्किएपछि खोजविन हुँदा उनको शव गत माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ३ : ३८ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा