१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बलात्कार पछि हत्या भएकी भागरथी र अभियुक्त दिनेशको डीएनए मिल्यो



बैतडी । भागरथी हत्या काण्डका मुख्य अभियुक्त दिनेश भट्टले दवावका कारण अपराध सकार गर्न बाध्य भएको भन्ने कुरा सार्वजानिक भएसँगै विवादीत बनेको भागरथी हत्याकाण्डको अनुसन्धान, डीएनएको रिपोर्ट पछि भने फेरि सोझिएको छ । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको स्वावको डीएनए घटनाका मुख्य अभियुक्त दिनेश भट्टको डीएनए सँग मेल खाएको छ ।

भागरथीको शरीरबाट निकालिएको स्वाबसँग मुख्य अभियुक्त दिनेशको डीएनए रिपोर्ट मिलेको प्रहरीको उच्च स्रोतले दाबी गरेको छ ।

स्थानीय तहका एकजना कर्मचारी र अर्का एक ब्यक्तिले घांटीमा छुरा तेर्साउँदै घटना सकार गनै बाध्य पारिएको भन्ने भनाई दिपकको बाबुबाट सार्वजानिक भएपछि घटनाले फरक मोड लिएको थियो ।

गत माघ २१ गते सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथीको विद्यालयबाट घर फर्किने क्रममा बलात्कारपछि हत्या भएको थियो। उनको अर्को दिन घर नजिकैको स्थानीय लबलेक सामूदायिक वनमा शव भेटिएको थियो ।

हत्या र बलात्कार पुष्टि भएपछि पनि झण्डै डेढसाता अनुसनधानमा अल्झिएको प्रहरीले अनुसन्धानको क्रममा ५ फागुनमा भागरथीका छिमेकी तथा उनकै विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो।

पक्राउ परेका दिपकको जन्ममितिका आधारमा नाबालक ठहरिएपछि जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएसँगै अभियुक्त दिनेशलाई २६ फागुनमा बाल सुधार गृह डोटी पु¥याइएको थियो।

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  २ : ३३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान