६ श्रावण २०८३, बुधबार | July 22, 2026

भागरथी भट्टका बलात्कारी हत्यारालाई कारवाही गर्न महिला कानुन व्यवसायीको माग



महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानूनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष एवं नेपाल बार एशोसिएशन महिला समितिका अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको सम्बन्धमा घटेको घटना लगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सुक्ष्म अध्ययन गरी अपराधीलाई कानूनी कारबाही गर्न माग गरिएको बताइन । भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरु छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन कोशिस गरेको अध्यक्ष बस्यालले जनाइन ।

महिला कानून व्यवसायीहरुले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुशन्धान नगर्न समेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् ।

बालबालिका तथा महिलाहरुमाथि भैरहेको श्रृंखलावद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्या र बलात्कारीलाई कानूनी कारबाही भित्र ल्यउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापर्बाह भएको पुष्टि भएको समेत महिला कानून व्यवसायीहरुले बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १ : २४ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा