३ पुस २०८२, बिहिबार | December 19, 2025

सवारी दुर्घटनामा नृत्य कलाकार पुजा गहतराजको मृत्यु



बुटवल । सवारी दुर्घटनामा परी बुटवलकी एक चर्चित नृत्य कलाकारको ज्यान गएको छ । सोमबार सांझ रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा नृत्य कलाकार पुजा गहतराजको मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार २६ वर्षीया पूजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट लु ३० प ८५६९ नम्बरको स्कुटरमा भैरहवाबाट घरतर्फ आउँदैगर्दा उनी दुर्घटनामा परेकी थिईन् । दुर्घटनामा परी गम्भिर घाइते भएकी गहतराको क्रिमशन अस्पतालमा उचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नृत्य कलाकार गहतराज २०१५ को नारायणी डान्सिङ स्टार उपाधी बिजयता हुनुका साथै बुटवलमा नृत्य प्रशिक्षककारुपमा क्रियाशिल थिईन् । गहतराज  न्यू इन्भाराेमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : ५४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको