२८ बैशाख २०८३, सोमबार | May 11, 2026

सवारी दुर्घटनामा नृत्य कलाकार पुजा गहतराजको मृत्यु



बुटवल । सवारी दुर्घटनामा परी बुटवलकी एक चर्चित नृत्य कलाकारको ज्यान गएको छ । सोमबार सांझ रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा नृत्य कलाकार पुजा गहतराजको मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार २६ वर्षीया पूजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट लु ३० प ८५६९ नम्बरको स्कुटरमा भैरहवाबाट घरतर्फ आउँदैगर्दा उनी दुर्घटनामा परेकी थिईन् । दुर्घटनामा परी गम्भिर घाइते भएकी गहतराको क्रिमशन अस्पतालमा उचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नृत्य कलाकार गहतराज २०१५ को नारायणी डान्सिङ स्टार उपाधी बिजयता हुनुका साथै बुटवलमा नृत्य प्रशिक्षककारुपमा क्रियाशिल थिईन् । गहतराज  न्यू इन्भाराेमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : ५४ बजे

खजुरा पालिका गान विवाद : २ जना प्रतिष्ठान सदस्यबाट राजीनामा

खजुरा । बाँकेको खजुरा गाँउपालिकाले सार्वजनिक गरेको पालिका गानको विवाद

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि

राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति