७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

भैरहवाको जुवा अड्डामा प्रहरीको छापा : जुवा अड्डाबाट ९ भारतीय सहित १८ जुवाडे पक्राउ



बुटवल । रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बाट १८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । नगरपालिकाको मेउडिहवा स्थित सरेख कहारको घरमा खाजा नास्ता पसल संचालन गर्दै आएका तारा रानाको कोठाबाट जुवा तास खेलिरहेका १८ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

सो होटलमा जुवा तास खेल भईरहेको सुचनाका आधारमा प्रहरीले छापा मार्दा १८ जना जुवाडे सहित नेपाली नगद रू ६०,०९०।– र भारतीय रूपैयाँ ३२,६७०। प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।

पक्राउ परेका जुवाडेहरुमा भारत ठेगाना भएका ताहिर अली, दिलिप कुमार, गोरख कुमार, रमेश यादव, अवरार हुसेन, बद्रे आलम, अजिजुल अली, सलिम मुसलमान, सुलेमान खान रहेका छन् । त्यसैगरि सोहि जुवाखालबाट सिद्धार्थनगर नगरपालिकाका साजिद अली, बृजेश यादव, राजेश कुमार कोहार, फारुफ अली, कृष्ण गुप्ता, विरेन्द्र गुप्ता, दिपक पाण्डे, अयोध्या वानिया र बसन्त घिमिरेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत सम्मानित जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरेको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ११ : २५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल