३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सोमबार कांग्रेसले ७७ वटै जिल्लामा विरोधसभा गर्दै, रुपन्देहीको सभालाई सभापति देउवाले सम्बोधन गर्ने



भैरहवा । नेपाली कांग्रेसले आयोजना गरेको विरोधसभामा संसद विघटनको विपक्षमा नबोल्ने गरेको कांग्रेस सभापति देउवा रुपन्देहीमा आयोजना हुन गईरहेको विरोधसभालाई सम्बोधन गर्न सोमबार रुपन्देहीको भैरहवा आउने भएका छन् । प्राय सभाहरुमा संसद विघटन र संवैधानिक आयोगका नियुक्तिका विषयमा नरम देखिने गरेका देउवाले नेकपाको विभाजनका विषयमा बिषय केन्द्रित हुने गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार ७७ जिल्लामा हुने विरोधसभाका क्रममा देउवा सभालाई सम्बोधन गर्न रुपन्देही आउन लागेका हुन् ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला सभापति अब्दुल रज्जाकले वक्ताको रुपमा केन्द्रिय सभापति देउवा सहित केन्द्रिय सदस्य बालकृष्ण खाँण र संघिय संसदका लेखा समिति संयोजक भरत कुमार शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले जनसहभागिताका लागि कांग्रेसले कुनै खर्च नगर्ने बताउँदै बिरोध कार्यक्रममा स्वतःस्फूर्त रुपमा लाखौ जनशक्ति ृपस्थित हुने दाबी गरे । कम्युनिष्टहरुले पैसाको भरमा भिड जम्मा गरेको रज्जाकको आरोप छ । नेपाली कांग्रेसका भातृ संगठन, सुभेच्छुक संस्था र क्रियाशिल सदस्य एवम अन्य सर्वसाधारण कार्यक्रममा सहभागी हुने उनले बताए ।

जिल्ला सभापति रज्जाकका अनुसार कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा सोमबार बिहान ११ बजे सुरुहुने कार्यक्रम भैरहवाको बुद्धचोकबाट ¥यालीको आयोजना गरि नारायणपथ, मिलनचोक हुदै हनुमान मन्दिरमा पुगेर बिरोध सभामा परिणत हुने छ ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले ओली सरकार अहिले निरंकुश हुदै गएकोले त्यसैको बिरोध स्वरुप बिरोध कार्यक्रमहरुको आयोजना गरिएको बताए । खांणले मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षाको मुद्दालाई कमजोर बनाउन ओलीले विधेयक ल्याएको आरोप लगाए । संविधानको प्रतिकुलमा ओलीले थुप्रै विधेयक ल्याएको जिकीर गर्दै खांणले ओलीले सेनालाई एक्लै चलाउने खालको विधेयक समेत ल्याएको बताए ।

ओली सरकारको प्रतिगामी कदमको बिरोधमा र संविधानको रक्षाको लागी सबै लोकतान्त्रिक शक्तिहरुलाई कांग्रेसको बिरोध सभामा सहभागी हुन नेपाली कांग्रेस रुपन्देहीले आव्हान समेत गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : २९ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै