२८ बैशाख २०८३, सोमबार | May 11, 2026

कामचलाउ प्रधानमन्त्रीले जनताको अधिकार खोसे : जनार्दन शर्मा



रुकुम । प्रचण्ड-नेपाल नेकपाका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा वलीले जनताको अधिकार खोसेको बताएका छन् ।

रुकुम पश्चिमको चौरजहारीमा आयोजित खानेपानी उद्घाटन सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री शर्माले जनताको ठुलो त्याग तपस्या र वलिदानबाट प्राप्त संविधानमा समेटिएका मौलिक हक माथि ओलीले धावा बोलेर प्रतिगमन गरेको आरोप लगाए । शर्माले ओलीको प्रतिगमन धेरै दिन नटिक्ने दाबी पनि गरे ।

महिला, दलित, आदिवासी, जनजाती, सिमान्तकृत, समुदाय, धर्म, वर्ण, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक लगायत समानुपातिक समावेशी समेटेर लेखिएको संविधानलाई ओलीले च्यात्न खोजेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

शर्माले सेटिङ्ग र भ्रष्टाचारमा लिप्त ओली सरकार अहिले सम्मकै कलंकित सरकारको रुपमा सावित भएको आरोप लगाए ।

फरक प्रसंगमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता शर्माले अबको यात्रा संवृद्धिको भएकोले आम जनताले उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । उनले कृषि, फलफूल, पशुपालन र उद्योग स्थापनाले रोजगारी सृजना गर्ने वाह्य आयातलाई नियन्त्रण गरी निर्यात गर्न सहयोग पुर्याउने भएकाले समुहमार्फत काम गरी उत्पादनमा जुटन सुझाव दिए ।

आत्मनिर्भर टोल, आत्मनिर्भर वडा/पालिका, प्रदेश र सिंगो देशलाई संवृद्धिको दिशामा लैजान रुकुमबाट नै सहुलियत पुर्ण क्रृण लगानीको कार्य थालनी गरेको उनले बताए । कृषक सहकार्य समुहमार्फत इमान्दारी र कडा मेहनत गरेको खण्डमा आगामी दिनमा थप सहुलितयपुर्ण क्रृण लगानीको लागि आफुले पहल गर्ने उनले आश्वासन समेत दिए ।

कार्यक्रममा सहभागी अर्थविद डाक्टर सुरेन्द्र उप्रेती, राष्ट्रिय वाणिज्य वैंक केन्द्रीय कार्यालयका डेपुटी अधिकृत कविराज अधिकारी, लगायतका अतिथिहरुले समेत कृषकहरुलाई उत्पादनमा जुटन जोड दिएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : २० बजे

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको