२८ बैशाख २०८३, सोमबार | May 11, 2026

माधव नेपाललाई सुवास नेम्वाङको छड्के : एक महिने अध्यक्षलाई निर्वाचन आयोगले मान्यता दिएन



इलाम । ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा शुक्रबार कार्यकर्तासँग भेटघाटमा नेता नेम्वाङले चुनाव हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको जिकिर गरे। “प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम २०० प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ।” उनले भने, “सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो । त्यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।”

नेता नेम्वाङले नेकपाको आधिकारिक भन्ने विवाद छैन, आयोगले केपी ओली प्रथम अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक भनिसकेको दाबी गर्दै भन्, “कोही व्यक्ति एक महिना तीन दिन अध्यक्ष भए तर आयोगले आधिकारिकता दिएन ।”

उनले आफू सर्वोच्च अदालतको निर्णयप्रति विश्वास राख्ने भएकाले त्यसबारे नबोल्ने बताए ।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी नेता नेम्वाङको थियो । सरकारले अघि सारेका नीति तथा कार्यक्रम संसदमा दर्ता नै नहुने स्थिति आएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको बाटो रोजेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १२ : ४० बजे

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका