२० मंसिर २०८२, शनिबार | December 6, 2025

फष्ट लाफा ईन्टर फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी फुटसललाई



बुटवल । रुपन्देहीमा सम्पन्न फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ को उपाधि लुम्बिनी फुटसलले हात पारेको छ ।

लाफा समुहको आयोजनामा योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा शुक्रबार भएको फाईनल खेलमा चपरहट्टी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधिसंगै उसले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चपरहट्टी नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । लुम्बिनीको जितमा रेशम चौहान र निरज थापाले गोल गरेका थिए ।

चपरहट्टीका अनुप गुरुङले सान्त्वना गोल गरेका थिए । प्रतियोगितामा लुम्बिनीका कुशल गुरुङ सर्वोत्कृष्ट खेलाडी, लुम्बिनीकै उत्कृष्ट गोलकिपर अमन पुन, लुम्बिनीकै रेशम चौहान ९ गोल गर्दै सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।

एक समारोहका बिच रुपन्देही फुटसल संघका अध्यक्ष राजु पुन, फुटबल प्रशिक्षक याम गुरुङ, लाफाका सल्लाहकार केशव राना, खेल संयोजक प्रविन थापा दर्लामी, संयोजक वारिस रानाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

फुटसल खेलमा नेपालको पछिल्लोसमय राम्रो प्रदर्शनसंगै उमेर समुहका खेलाडी उत्पादनमा अग्रसर रहेको रुपन्देही फुटसल संघका अध्यक्ष राजु पुनले बताए ।

स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका लाफा समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै सामाजिक कार्य गर्दै आएको छ । जिल्लाका करीब १८ टिम सहभागी रहेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : २४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले