२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

फष्ट लाफा ईन्टर फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी फुटसललाई



बुटवल । रुपन्देहीमा सम्पन्न फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ को उपाधि लुम्बिनी फुटसलले हात पारेको छ ।

लाफा समुहको आयोजनामा योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा शुक्रबार भएको फाईनल खेलमा चपरहट्टी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधिसंगै उसले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चपरहट्टी नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । लुम्बिनीको जितमा रेशम चौहान र निरज थापाले गोल गरेका थिए ।

चपरहट्टीका अनुप गुरुङले सान्त्वना गोल गरेका थिए । प्रतियोगितामा लुम्बिनीका कुशल गुरुङ सर्वोत्कृष्ट खेलाडी, लुम्बिनीकै उत्कृष्ट गोलकिपर अमन पुन, लुम्बिनीकै रेशम चौहान ९ गोल गर्दै सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।

एक समारोहका बिच रुपन्देही फुटसल संघका अध्यक्ष राजु पुन, फुटबल प्रशिक्षक याम गुरुङ, लाफाका सल्लाहकार केशव राना, खेल संयोजक प्रविन थापा दर्लामी, संयोजक वारिस रानाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

फुटसल खेलमा नेपालको पछिल्लोसमय राम्रो प्रदर्शनसंगै उमेर समुहका खेलाडी उत्पादनमा अग्रसर रहेको रुपन्देही फुटसल संघका अध्यक्ष राजु पुनले बताए ।

स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका लाफा समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै सामाजिक कार्य गर्दै आएको छ । जिल्लाका करीब १८ टिम सहभागी रहेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : २४ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख