२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

दुई तिहाईको सरकारले प्रतिनिधिसभा विघटन गर्नुलाई सामान्य रुपमा लिनु हुँदैन : सीके राउत



भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनको घटनालाई आफुले सोच्नैपर्ने बाध्यात्कम अवस्थाका रुपमा लिएको बताएका छन ।

आइतबार लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता राउतले संसद विघटनको घटनालाई सामान्य रुपमा लिन नसकिने बताएका हुन ।

उनले मुलुकको विकास नभई भ्रष्टाचार र अस्थिरता बढेको बताए । ‘जनताले मुलुकको विकास गर, स्वदेशमै रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर मत दिएर पठाएका हुन । तर सरकारले त्यसअनुसार काम गर्न सकेन,’ उनले भने, ‘हामीले धेरै व्यवस्था भोग्यौं, सबैभन्दा राम्रो व्यवस्था भनिएको संघीयतामा पनि अस्थिरता भयो ।

नेपालमा सबै किसिमका व्यवस्था फेल हुँदै गएकाले जनता निराश हुन बाध्य भएका छन्’, उनले भने । नेता राउतले जनताले दुई तिहाइ मत दिएको अवस्थामा प्रधानमन्त्रीले काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको बताए । ‘सरकारी पक्ष र विपक्षी सडकमा छन्, यस्तो अवस्थामा राजनीतिबाट हामीले के अपेक्षा गर्ने रु यो आजको प्रश्न हो,’ उनले प्रश्न गर्दै भने, ‘करिब दुई तिहाइ पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने ?’

राउतले नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको बताए । ‘निर्वाचन भयो भने मुलुकको विकास गर्ने पात्रलाई चयन गर्नेतिर उन्मुख हुनुपर्छ,’ उनले भने, ‘अहिले सडकमा उत्रेका व्यक्ति पार्टीभन्दा मुलुक कसरी अगाडि बढाउनेतिर केन्द्रित हुनुपर्छ ।’

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : १८ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने