२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

दुई तिहाईको सरकारले प्रतिनिधिसभा विघटन गर्नुलाई सामान्य रुपमा लिनु हुँदैन : सीके राउत



भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनको घटनालाई आफुले सोच्नैपर्ने बाध्यात्कम अवस्थाका रुपमा लिएको बताएका छन ।

आइतबार लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता राउतले संसद विघटनको घटनालाई सामान्य रुपमा लिन नसकिने बताएका हुन ।

उनले मुलुकको विकास नभई भ्रष्टाचार र अस्थिरता बढेको बताए । ‘जनताले मुलुकको विकास गर, स्वदेशमै रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर मत दिएर पठाएका हुन । तर सरकारले त्यसअनुसार काम गर्न सकेन,’ उनले भने, ‘हामीले धेरै व्यवस्था भोग्यौं, सबैभन्दा राम्रो व्यवस्था भनिएको संघीयतामा पनि अस्थिरता भयो ।

नेपालमा सबै किसिमका व्यवस्था फेल हुँदै गएकाले जनता निराश हुन बाध्य भएका छन्’, उनले भने । नेता राउतले जनताले दुई तिहाइ मत दिएको अवस्थामा प्रधानमन्त्रीले काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको बताए । ‘सरकारी पक्ष र विपक्षी सडकमा छन्, यस्तो अवस्थामा राजनीतिबाट हामीले के अपेक्षा गर्ने रु यो आजको प्रश्न हो,’ उनले प्रश्न गर्दै भने, ‘करिब दुई तिहाइ पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने ?’

राउतले नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको बताए । ‘निर्वाचन भयो भने मुलुकको विकास गर्ने पात्रलाई चयन गर्नेतिर उन्मुख हुनुपर्छ,’ उनले भने, ‘अहिले सडकमा उत्रेका व्यक्ति पार्टीभन्दा मुलुक कसरी अगाडि बढाउनेतिर केन्द्रित हुनुपर्छ ।’

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : १८ बजे

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन