२ पुस २०८२, बुधबार | December 18, 2025

बुटवलमा पनि उठ्दै नागरिक आन्दोलन (फोटो सहित)



बुटवल । प्रतिनिधि सभा विघटनको विरोधमा बुटवलका नागरिक अगुवाहरुले साँकेतिक प्रदर्शन गरेका छन् । अग्रगमनका लागि नागरिक आन्दोलन नाम दिईएको प्रदर्हनमा सहभागी नागरिक प्रतिनिधिहरुले बिभिन्न नारा लेखिएका प्लेकार्डहरु हातमा बोकेका थिए ।

बुटवलको पुष्पलाल पार्कका सडक किनारमा प्लेकार्ड सहित उभिएका नागरिक आन्दोलनका अभियन्ताहरुले संसद विघटनबाट मुलुकमा प्रतिगमनको खतरा बढेको बताएका थिए ।

‘हामी चाहन्छौं अदालतले संविधानको रक्षा गरोस,’ ‘यो सडकको आवाज सुन’, ‘जनताका कुरा सुन’, ‘हामी चाहन्छौं विधिको शासन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका अभियन्ताहरु १ घण्टा बढी सडक किनारमा उभिएर मौन प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा बुटवल क्षेत्रका लेखक, साहित्यकार, विद्यार्थी र विभिन्न पेशाकर्मीसमेत रहेको नागरिक आन्दोलन गठन गरेर आन्दोलन जारी राखेका छन् । स्वतन्त्र नागरिकहरुको आवाज सरोकारवाला सम्म पु¥याउन र आम नागरिकलाई असंवैधानिक कदमका बिषयमा जागरुक गराउन नागरिक आन्दोलन थालिएको नागरिक अगुवा रामचन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : ०२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल