१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेकपा प्रचण्ड-नेपाल पक्षले छान्यो ६८ जिल्लाका अध्यक्ष र सचिव, बाँकी कार्य बिभाजन सर्वोच्चको फैसलापछि (नामावली सहित)



काठमाडौँ । निर्वाचन आयोगले निर्णय नदिएका कारण विभाजित भएर पनि एउटै नाम र एउटै निर्वाचन चिन्ह बोकेर बसिरहेको दुई नेकपा मध्य प्रचण्ड-नेपाल पक्षको नेकपाले ६८ वटा जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । कानुनीरुपमा विभाजित भएको घोषणा हुन बाँकी रहेकै अवस्थामा पार्टी एकिकरणका बेला चयन गरिएका अध्यक्ष र सचिवहरुमा केही ओलीपक्षको नेकपामा खुलेपछि रिक्त भएका स्थानमा प्रचण्ड-नेपाल पक्षले पदपुर्ती गरेको हो ।

गत फागुन १ र २ मा बसेको स्थायी कमिटी बैठकले पार्टी एकिकरणको बाँकी काम पुरा गर्न मापदण्ड तय गर्ने तथा जिल्ला अध्यक्ष र सचिवको नाम टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो । सचिवालयको फागुन ७ गतेको बैठकले संगठनात्मक एकतासम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको थियो ।

विभाजन पूर्व पूर्व एमाले र पूर्व माओबादीकाबीच ६०-४० को अनुपातमा जिम्मेवारी तोक्ने मापदण्ड बनाईएको भएपनि विभाजन पछि भने ५०-५० को आधारमा जिम्मेवारीको बाँडफाँट गर्ने सचिवालयले तय गरेको छ । सचिवालय बैठकका अनुसार बाँकी ९ जिल्ला, प्रवास कमिटीहरु सहित अन्य पदाधिकारी भने सर्वोच्च अदालतको फैसलापछि निर्णय गरिने नेकपा प्रचण्ड-नेपाल पक्षले जनाएको छ ।

सो पार्टीले ७७ वटै जिल्लाका ईन्चार्ज तथा सह ईन्चार्जहरु भने तोकिसकेको छ ।

जिल्ला अध्यक्ष तथा सचिवहरुको विवरण

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/Prachanda-Nepal-jilla-neta.pdf” title=”Prachanda-Nepal jilla neta”]

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : ३२ बजे

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक