१६ असार २०८३, मंगलबार | June 30, 2026

कांग्रेसले बोलायो पदाधिकारी बैठक, सत्ता समीकरणका विषयमा छलफल हुँने



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले अपराह्न तीन बजेका लागि बुढानिलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीलाई डाकेको उनको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।

नेकपाको प्रचण्ड-नेपाल पक्षका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सरकार सञ्चालनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएका थिए ।

बुधबार प्रचण्ड र नेपालसँगको भेट र सत्ता समीकरणको प्रस्तावलगत्तै देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् । देउवालाई नेकपाकै ओली पक्षले पनि साझेदारीमा सरकार गठनको प्रस्ताव राख्दै आएको बताइन्छ । तर, नेकपा आधिकारिकरूपमा फुटिनसकेकाले देउवा पहिला नेकपा फुटको छिनोफानोपछि मात्रै आवश्यक निर्णय गर्ने मुडमा रहेको उनी निकट स्रोत बताउँछ ।

कांग्रेसकै कतिपय नेताहरू भने फेरि जनताबाट चुनिएर नआएसम्म सरकारमा नजाने बताउँदै आइरहेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना र नेकपा विभाजनपछि सरकार गठनमा नेपाली कांग्रेस निर्णायक अवस्थामा पुगेको छ ।

पुस ५ मा भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै यही मंगलबार १३ दिनभित्रै संसद अधिवेशन आह्वान गर्ने आदेश दिएको छ ।

संसद अधिवेशन शुरू भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाकै प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्तावमार्फत हटाउने तयारी गरेको छ । त्यसलगत्तै नयाँ सरकार गठनको प्रकिया शुरू हुनेछ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ७ : ४६ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज