१३ असार २०८३, शनिबार | June 27, 2026

चौथो बुटवल लन टेनिस प्रतियोगिता जारी, देशैभरका लन टेनिस खेलाडी बुटवलमा



बुटवल । बुटवलमा आजबाट सुरु भएको चौथो बुलवल लन टेनिस प्रतियोगिताको तेस्रो खेलमा वोमन्स सिगलतर्फ ईशाश्री शाहले प्रकृति श्रेष्ठलाई ६–०, ७–६ तथा अर्को खेलमा मायाङका राणाले सर्वानी श्रेष्ठलाई ३–६, ६–१, ६–२ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ३५ प्लसमा बुटवलका गोपाल ज्ञवाली, पोखराका राजन पौडेल, बुटवलका रामु बिक विजयी भएका छन । यसैगरि ४५ प्लसतर्फ चन्द्र शाही युएममी, अर्जुन गुरुङ, दोर्जे लामा, गोपी भट्टराई, धर्म लामिछाने, लोक गुरुङ, उत्तम बोगटी, बिमल वाइवा विजयी हुदै क्वाटरफाईनलमा स्थान बनाएका छन ।

वोमन्स डबल्सतर्फ मायाङका राणा र प्रेरणा कोइरालाको जोडीले ईशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीलाई ६–०, ६–२ ले पराजित गरेका छन भने मेन्स डबल्सतर्फ प्रनव खनाल र सन्तोष खत्रीको जोडीले सौगात बिक र बिष्णु नेपालीको जोडीलाई ६–०, ६–० पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन । भिष्म काउचा र अन्जन थिङको जोडीले दावा शेर्पा र अविनव आचार्यको जोडीलाई ४–६, ६–१, १०–४ को सेटमा पराजित गरेका छन ।

प्रतियोगितामा सिगलतर्फ १ सय ३ जना खेलाडी र डबल्सतर्फ १ सय ३७ खेलाडीले भाग लिएका छन । प्रतियोगिता पुरुष एकलतर्फ एकल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्टमा, यसैगरि महिलामा एकल खुल्ला, पुरुष युगलतर्फ खुल्ला युगल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्ट, महिला युगलतर्फ युगल खुल्ला गरि कुल १० इभेन्टमा हुने उनले बताए । प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेताले क्रमश नगद २० हजार र १० हजार, ४५ वर्षमाथिका विजेता र उपविजेताले क्रमश १५ हजार र १० हजार तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेताले क्रमश १० हजार र ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक गोपाल ज्ञवालीले बताए ।

डबल्सतर्फको प्रतियोगिता अन्तरगत पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि डबल्सतर्फ ३५÷४५÷५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगिताको १० विधामा पुरस्कारका लागिमात्र ३ लाख ५० हजार रुपैया खर्च हुने खेल संयोजक ज्ञवालीले बताए । चार दिनसम्म संचालन हुने प्रतियोगितामा १६ लाख खर्च हुने अनुमान आयोजकको छ । आज बिहान एक कार्यक्रमका बीच प्रतियोगिताका बुटवल उपमहानगरपालिकाका प्रमुख सशवराज सुबेदीले उदघाटन गरेका थिए । गतवर्ष सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका युवा खेलाडी रितिक रानाले चुमेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : ३३ बजे

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई