१६ बैशाख २०८१, आइतबार | April 28, 2024

विश्वभर पछिल्लो २४ घण्टामा चार लाख १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर चार लाख १६ हजार नौ सय २७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा कोरोनाका कारण विश्वमा नौ हजार दुई सय १२ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड ३९ लाख ५९ हजार सात सय ३२ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २५ लाख २७ हजार नौ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ७३ हजार छ सय ५८ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक हजार आठ सय ९३ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप आठ हजार पाँच सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण तीन सय ४५ जनाको मृत्यु भएको तथ्यांक छ ।

भारतमा १६ हजार ५६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक सय नौ जना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप ६३ हजार नौ सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार तीन सय २७ जनाको मृत्यु भएको तथ्यांक छ ।

रूसमा पछिल्लो २४ घण्टामा ११ हजार ८६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन भने चार सय २८ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा २५ हजार दुई सय सात, दक्षिण अफ्रिकामा एक हजार छ सय ५४, कोलम्बियामा तीन हजार पाँच सय ६७, मेक्सिकोमा आठ हजार चार सय ६२, इरानमा आठ हजार एक सय तीन, जर्मनीमा नौ हजार छ सय ५९, इटलीमा २० हजार चार सय ९९, स्पेनमा आठ हजार तीन सय ४१, टर्कीमा नौ हजार दुई सय पाँच तथा अर्जेन्टिनामा पाँच हजार ८३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ४९ बजे

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय