१ पुस २०८२, मंगलबार | December 17, 2025

नेकपा नेता रघुजी पन्त विरुद्ध कोमल वली अदालत जाने



काठमाडौं । नेकपाका तर्फबाट राष्ट्रिय सभाकी सांसद बनेकी गायिका कोमल वलीले नेकपाकै प्रचण्ड–नेपाल पक्षका नेता रघुजी पन्तको अभिव्यक्ति विरुद्ध अदालत जाने बताएकी छन्।

नेता पन्तले दिएको अभिव्यक्तिको भिडियो भाईरल बनेसँगै गायिका वलीले अभिव्यक्ति विरुद्ध अदालत जाने बताएकी हुन् । उनले आफु गृह जिल्ला दाङ रहेको र काठमाडौं पुगेपछि अदालत जाने जनाउँदै आफुले दाङबाटै कानुनी परामर्श सुरुगरेको जनाएकी छन् ।

प्रचण्ड–नेपाल पक्षका स्थायी समित सदस्य रघुजी पन्तले ‘लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेर सांसद बनेको’ भनेर एक कार्यक्रममा बोलेको भिडियो यतिबेला भाईरल बनेको छ ।

पन्तको अभिव्यक्तिलाई महिलाअधिकारवादीहरुले बिरोध जनाएका छन् । पन्तको अभिव्यक्तिका बिषयमा सामाजिक सञ्जालको प्रयोग कर्ताहरुले पनि विरोध जनाएका छन् ।

गायिका वलीको राष्ट्रिय सभामा लगिएकोमा असन्तुष्टि रहँदा रहँदै पनि पन्तको अभिव्यक्ति तल्लो दर्जाको भएको ओली पक्षकी एक नेतृले नाम नबताउने सर्तमा बताईन् । उनले योगदानको मुल्याँकन नभएको सत्य भएको र योगदान नै नभएकी वलीलाई राष्ट्रिय सभाका लागि छानिनु पार्टीको गलत कदम भएपनि पन्तको भनाई समग्र महिलालाई अपमान गर्ने खालको भएको उनले बताईन् ।

नेता पन्तको भनाई सार्वजानिक भएसँगै वलीले आफ्नो फेसबुक वालमा आफूले नेता मानेका पन्त कति निच रहेछन् भन्ने कुरा बल्ल खुलेको भन्ने स्टाटस पोष्ट गरकी थिईन् ।

अघिल्लो महिनामा मात्र गायिका एवं सांसद वलीले प्रधानमन्त्री केपी ओलीको स्तुती गान सहितको ‘फेरिपनि ल्याउनु पर्छ केपी ओलीलाई’ भन्ने म्युजिक भिडियो सार्वजानिक गरेकी थिईन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ३ : १७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष