५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा वर्दी सहितको प्रहरीले सुरक्षा दिनु राम्रो होईन : प्रहरी महानिरीक्षक थापा



भैरहवा । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सडकमा प्रहरी तैनाथि कम हुनेगरी समुदायले काम गर्नुपर्ने वताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरिक्षक क्षेत्रीले शान्तिका अग्रदूत बुद्ध जन्मस्थल क्षेत्रमा सडकमा प्रहरी धेरै देखिनु राम्रो नभएको बताए । शान्ति क्षेत्रमा वर्दी सहितको प्रहरी भन्दा वर्दी बिनाका नागरिकहरु नै सक्रिय हुनुपर्ने उनको भनाई छ ।

महानिरिक्षक क्षेत्रीले प्रहरीको उपस्थिती नेपथ्यमा होस र समुदाय अग्रभागमा होस् भन्ने नेपाल प्रहरीको नीति भएको समेत बताए ।

समाजमा जब मान्छे आपत्तिमा पर्छ त्यतिबेला सबैभन्दा सहयोगी साथि नेपाल प्रहरी नै हुने गरेको उदाहरण पेश गर्दै उनले भने, ‘मान्छेलाई जब आपत्ति पर्छ , त्यतिबेला मान्छेले पहिलोपटक भगवान , दोस्रो बुबा आमा र तेस्रो प्रहरीलाई नै सम्झिन्छन् । त्यतिबेला सबैभन्दा सहयोगी प्रहरी नै हुन पुग्छ ।”

महानिरीक्षक क्षेत्रीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिदैं पेशालाई प्यासन बनाएर काम गर्न आग्रह गरे । ‘प्रहरी कर्मचारी बिनम्र हुनुपर्छ, बिन्रमता हुदैंमा कमजोर भईदैन ।” उनले भने ।

क्षेत्रीका अनुसार नेपालमा एउटा ट्राफिकले २६ किलोमिटर र १६ सय सवारी साधन सनयन्त्रण गरिरहेका छन् । नेपालमा प्रतिदिन ७ जनाको मृत्यु र ५८ जना सवारी दुर्घटनबाट घाईते भईरहेका प्रहरकिो तथंकमा उल्लेख छ ।
महानिरीक्षक क्षेत्रीले समुदायको लगानिमा निर्माण भएको भवनबाट आधुनिक र नयां ढंगले प्रहरी सेवा प्रवाह हुने पनि बताए । सहयोग गरेकै नाममा कानून विपरितको काममा प्रहरीले छुट दिन भने नसक्ने बताउँदै उनले सहयोग गरेकै भरमा प्रहरीले गलत कामको छुट्कारा दिन नसक्ने स्पष्ट पारे ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्रसिंह धानुकले समुदाय स्तरबाट भएको सहयोग उल्लेखनीय भएको बताए ।

सिद्धार्थननगर प्रमुख हरि प्रसाद अधिकारीले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा स्थानिय सरकारले सक्दो साझेदारी गर्ने बताए ।

भवन निर्माण समितीका संयोजक समेत रहेका उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ट्राफिक प्रहरीको भवन निर्माणका क्रममा उद्योगि ,ब्यवसायी तथा सामाजिक संघसंस्था तथा व्यक्तिले गरेको सहयोगले आफुलाई उत्साहित बनाएको बताए ।

भवनको उद्घाटन कार्यक्रममा पश्चिमान्चल यातयात प्रा.लिका अध्यक्ष दधि खरेल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यापार संगठनका अध्यक्ष नारयण प्रसाद भन्डारी,विजय पान्डे लगायतले भौतिक पूर्वाधारमा समुदायको सहयोगले प्रहरी सेवा अझै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सिद्धार्थ नगरपालिकाले उपलब्ध गराएको जग्गामा समुदायको डेढ करोड लगानीमा जिल्ला ट्राफिक प्रहरी कार्यलय निर्माण भएको हो । उक्त भवन निर्माणकोलागि तीन बर्ष अगाडी नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । नगरपालिकाको जग्गा प्राप्तीपछि स्थानियहरुले उक्त ठाउमा भवन निर्माण गरेका हुन् ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : ५८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं