५ श्रावण २०८३, मंगलबार | July 22, 2026

होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग



बुटवल । होटल तथा पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन पर्यटन व्यवसायीले राज्यसंग माग गरेका छन् ।

अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा मान्याता दिनुपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने विषयमा राज्यले कूनै चासो नदिएको पर्यटन व्यवसायीको गुनासो छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसाय संघ रुपन्देहीको आइतबार बुटवलमा २० औं साधारण सभा तथा १० औं अधिवेशनमा बोल्ने वक्ताले पर्यटन व्यवसायप्रति तीनै तहका सरकार गम्भीर नदेखिएको आरोप लगाए । पर्यटन व्यवसायको संरक्षण र सम्बद्र्वनका लागि तीनै तहका सरकारे स्पष्ट पर्यतन नीति बनाउन व्यवसायीको माग छ ।

आर्थिक सम्वृद्विको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय कोराना भाइरसका कारण थला परेको र व्यवसायीले बैंक तथा वित्तिय संस्थाहरुको व्याज र घरभाडा तिर्न नसक्दा कैयौ व्यवसायी विस्थापित हुनुपरेको बताए ।

पर्यटन व्यवसायीले सरकारले दिएको पुनर्कर्जा र डिमाण्ड चार्जको सेवाबाट बन्चित हुंदा पनि आधिकारिक निकायमहरु मौन रहेको बताए । सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले सरकार विकास र न्यायको पक्षमा रहेको बताए । पर्यटनदेखि हरेक क्षेत्रको विकास र विस्तारमा राज्य र जनता जागरुक हुनुपर्ने बताए । ‘पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्याता दिने विषयमा पहल गर्ने प्रतिवद्वता जनाउदै कृषि, पर्यटन र उद्योगको विकास अपरिहार्य रहेको छ’, उनले भने ।

सांसद श्रेष्ठले रुपन्देहीका हरेक संघसंस्थाहरु अब्बल रहेको उल्लेख गर्दै रुपन्देहीको पर्यटन क्षेत्रको उचित व्यवस्थान गर्नुपर्नेमा जोड दिए ।

होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले होटल तथा पर्यटन व्यवसाय फस्टाएमा देश आर्थिक रुपले सम्वृद्वि बन्ने बताए । ‘पर्यटन व्यवसायमा नीजि क्षेत्रको ठूलो लगानी लागेकाले लगानीको संरक्षण र व्यवसायमैत्री वातावरण कायम गर्ने दायित्व राज्य, सरकारको हो’, उनले भने ।

अध्यक्ष शाहले पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन र त्यही अनुसारको सेवा सुविधान उपलब्ध गराउन माग गरे । पर्यटन व्यवसायमा वार्षिक २ खर्व ८४ अर्व लगानी भएको र ३ खर्व ६७ अर्वको वार्षिक कोरावार हुने गरेको जानकारी गराए ।

कार्यक्रममा होटल व्यवसायी महासंघका संस्थापक सदस्य माधव खनाल, हानका केन्द्रीय सदस्य गोपाल राना, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उपाध्यक्ष महेन्दप्रसाद्र श्रेष्ठ, होटल तथा रेष्टुरेष्ट रुपन्देहीका निवर्तमान अध्यक्ष मोदनाथ बेल्वासे, बाँके होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बुटवल नगर अध्यक्ष बाबुराम पन्थी, नेपाली कांग्रेस बुटवल नगर अध्यक्ष खेलराज पाण्डेले होटल व्यवसायीहरुका जायज मुद्दा सम्बोधन हुनुपर्ने बताएका थिए ।

यसैगरी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यष तेजकुमार पाठक, मणिमुकुन्द उद्यान पार्कका अध्यक्ष खेम लुइटेल लगायतले बोलेका थिए ।

संघका अध्यक्ष समुन्द्र जीसीको अध्क्षता, वरिष्ठ उपाध्यक्ष जीव श्रेष्ठको स्वागत र महासचिव माधवकुमार खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । साधारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन पत्रकारिता पुरस्कारबाट टिकाराम घिमिरे, उत्कृष्ट व्यवसायी लाइमनलेमन क्याफेलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । त्यस्तै संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : ५९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं