१२ असार २०८३, शुक्रबार | June 26, 2026

चौंथो खुला लनटेनिस प्रतियोगिताको उपाधि रितिक र प्रेरणालाई



बुटवल । रुपन्देहीमा सम्पन्न चौंथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले प्राप्त गरेका छन् ।

मंगलबार भएको रोमान्चक फाईनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन। यसैगरी महिला सिगलको उपाधि प्रेरणा कोईरालाले जितिन । उनले फाईनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जित निकाल्दै हात पारिन।

यसैगरि ३५ प्लसमा कमल भण्डारीले संन्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै जित निकाले । बुटवलका श्रेष्ठ पहिलोपटक फाईनल पुगेका हुन। यसैगरि ४५ प्लसमा चन्द्र शाहि (यु एण्ड मि) ले धर्म लामिछानेलाई ६–४,६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे। यसैगरी ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा जित निकाले।

एक समारोहका बीच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री खनाल, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले, टिम नेपालका अजय विष्ट, कास्की टेनिस संघका उपाध्यक्ष लोक गुरुङले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् ।

यसैबीच नेपालका टेनिस खेलमा महत्त्वपूर्ण योगदान दिएका लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजारसहित दोसल्लाबाट सम्मान गरिएको छ ।

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १ : २६ बजे

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी