१ पुस २०८२, मंगलबार | December 16, 2025

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक, सरकारमा सहभागिताबारे छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन सभापति देउवाले पदाधिकारीहरुको बैठक आज बोलाएका हुन ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बुढानिलकण्ठस्थित निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका छन ।

पदाधिकारीको सुझावलाई आत्मसात गर्दै देउवाले शुक्रबार आह्वान गरिएको पार्टीको संसदीय दलको बैठकमार्फत सरकारमा जाने या नजाने भन्ने निर्क्यौल गर्ने निकट स्रोतले जनाएको छ ।

कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ ।

नेकपाको आधिकारिकता नसुल्झेसम्म सरकारमा नजाने बताए पनि बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।

सरकारमा सहभागिताबारे कांग्रेसभित्र मत विभाजित छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले तत्काल सरकारमा जान नहुँने बताउँदै आएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ९ : २३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज