१ पुस २०८२, मंगलबार | December 16, 2025

ढल्नै लागेको सरकारका दुई मन्त्रीको निर्देशनमा मोतिपुरबासीमाथि भएको दमनको ‘हिसावकिताव’ हुनेछ : घनश्याम भुसाल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका स्थायी समिति सदस्य घनश्याम भुसालले रुपन्देहीको मोतिपुरमा आफ्नो हक माग्न गएका स्थानीयमाथि काम चलाउ सरकारका दुई मन्त्री (अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्ट) ले दमन पूर्ण व्यवहार गरेको बताएका छन् । आज साँझ भुसालले एक बिज्ञप्ति प्रकाशित गर्दै ढल्नै लागेको सरकारका दुई मन्त्रीले स्थानीय बासिन्दामाथि गरेको दमनको ‘हिसाब–किताब’ हुने चेतावनी दिएका छन्।

औद्योगिक क्षेत्र विकास लिमिटेडले स्थानीबासीसँग गरेको सम्झौता विपरित आज दिउँसो बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतिपुरमा मन्त्री द्वय अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट औद्योगिक कोरिडोरको शिलान्यास गर्न पुगे पछि स्थानीय र प्रहरी बीच पटक पटक झडप भएको थियो । झडपका क्रममा ६ जना स्थानीयबासी र १ जना प्रहरी घाईते भएका थिए ।

पूर्वमन्त्री समेत रहेका नेकपाका नेता भुसालले बिज्ञप्तिमा स्थानीयसँगको ‘सहमति तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौं सुरक्षाकर्मीका घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको नाङ्गो नाच’ प्रदर्शन गरेको उल्लेख गरेका छन् ।

भुसालले वातावरणीय प्रभाव मुल्याङ्कन नगरि र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अधिकारीहरुसँग भएको स्थानीयबासीको सहमति विपरित मन्त्री द्वयबाट शिलान्यासको काम भएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ–‘आफ्नो हक अधिकारको रक्षाका लागि उभिएका स्थानीय निहत्था नागरिक, खासगरी युवा र महिलाहरुमाथि आज जुन दमन गरेका छन्, अपमानित गरेका छन् र घाइते बनाएका छन् ती अपराधीहरुलाई जनताको परिक्षामा खडा गरिनेछ ।’

विज्ञप्तिमा जनतालाई औद्योगिक क्षेत्र बन्दैछ भन्ने हल्ला चलाएर जग्गा दलालीकालागि वातावरण बनाउनु बाहेक तथाकथित शिलान्यासको कुनै अर्थ नभएको उल्लेख गरेका छन् ।

भुसालले अघिल्लो निर्वाचनमा चुनावमा उम्मेदवार भएर भोटमाग्न जाँदा वर्तमान अर्थमन्त्री मन्त्री विष्णु पौडेलले ‘स्थानीय बासिन्दाको समस्या समाधान नभइकन करिडोरबारे कुनै काम शुरु भए मैले राजनीतिबाटै सन्यास लिनेछु’ भनेर पटक–पटक बाचा गरेको कुरा विज्ञप्तिमा स्मरण गराएका छन् । उनले आफ्नै प्रतिबद्धता विपरित पौडेलको निर्देशनमा गाँउलेमाथि लाठी बर्षाईएको बताएका छन् ।

उनले विज्ञप्तिमा नागरिकका तर्फबाट भएको विरोध–प्रतिरोधलाई समर्थन गरेको समेत बताएका छन् ।

स्थानीयबासीको लगातारको विरोधलाई बेवास्ता गर्दै औद्योगिक क्षेत्र विकास लिमिटेडले आज मध्यान्ह अर्थमन्त्री पौडेल र उद्योग मन्त्री भट्टलाई लगेर शिलान्यास गराएको थियो । शिलान्यास कार्यक्रम सकिएलगत्तै स्थानीयले शिलान्यासको शिलालेख र शिलान्यास स्थल भत्काईदिएका छन् ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : ५० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा