३० भदौ २०८३, मंगलबार | September 15, 2026

सर्वोच्चको फैसला गलत समयमा भयो : देव गुरुङ



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलका मुख्य सचेतक देव गुरुङले सर्वोच्च अदालतले गलत समयमा फैसला गरेको बताएका छन् ।

संसद सचिवालयबाट बाहिरिने क्रममा मुख्य सचेतक गुरुङले नेपाल कम्युनिष्ट पार्टी खारेज गर्ने फैसलाले राजनीति गतिरोधलाई थप मलजल गर्ने टिप्पणी गरे ।

गुरुङले अदालतले बेठिक टाइममा न्याय दिने काम गरेको बताउँदै यसले पार्ने साइड इफेक्ट कस्तो पर्छ हेर्न बाँकी रहेको बताए । अदालतले न्याय दिने हो भने इन टाइइममा दिनुपथ्र्यो । अहिलको फैसलाले धेरै ठाउँमा प्रभाव पार्ने उनको टिप्पणी थियो ।

गुरुङले पार्टी एकीकरण भएको तीन वर्ष पछि फेरि पुरानै पार्टीमा फर्क भनेर एकीकरणको अवयव मेट्न नसक्ने दाबी गरे । उनले साविकको एमाले र माओवादी केन्द्र ब्युँतिएर यथास्थानमा गयो भन्न नसकिने जिकिर गरे ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ४८ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी