५ पुस २०८२, शनिबार | December 20, 2025

आजको मौसम : पहाडी क्षेत्रमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षा, बाँकी क्षेत्रमा मौसम सफा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । हाल देशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहेको छ ।

देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

अपरान्ह पश्चात गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागका एक, दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रदेश नं १ को पहाडी भू-भागहरुका एक, दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ५१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ