१७ बैशाख २०८१, सोमबार | April 29, 2024

आज नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा नाम र साइनबोर्ड फेरिंदै



काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन ।

अदालतको फैसला लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली समूहले धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राख्ने भएको छ । सर्वोच्चको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि पुराना दुई पार्टी ब्यूँतिएका छन ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।

(एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।

कार्यालय सचिव ईश्वरी रिजालका अनुसार धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड आज मंगलवार नै फेर्ने तयारी गरिएको छ । जिल्लास्तरमा पनि पहिले एमालेको कार्यालय भएको भवनमा एमाले कार्यालय नै रहने उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ४८ बजे

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण