४ पुस २०८२, शुक्रबार | December 20, 2025

लुम्बिनी प्रदेशस्तरिय बास्केटबल क्याम्प सम्पन्न



बुटवल । रुपन्देहीमा ३ हप्ते बास्केटबल क्याम्प सम्पन्न भएको छ ।

रुपन्देही बास्केटबल संघको आयोजना नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा ३ हप्ते क्याम्प सम्पन्न भएको हो ।

युवा खेलाडीहरुलाई प्राविधिक ज्ञानसंगै क्षमतावान खेलाडी पहिचान गराउने गरि २१ दिने कोच क्लिनिक, रेफ्रि क्लिनिक र प्रदेश भरिका ५० जना युवाहरुलाई बास्केटबल तालिम दिईएको हो ।

खेलाडीहरुले २१ दिनसम्म बास्केटबलका सामान्य नियमदेखि खेलका प्राविधिक पक्षहरुमा तालिम दिईएको अध्यक्ष मनिष कुमार हेजुले बताए । रुपन्देहीको देविनगरस्थित भुपुसैनिक बास्केटबल कोर्ट, सिद्धेश्वरी बास्केटबल कोर्ट र पृतना हेटक्वाटरमा कार्यक्रम भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद अन्तरगत नेपाल बास्केटबल संघका प्रमुख कोच दिनेश चन्द्र नकर्मी, नेपाल महिला टिमका हेड कोच विकास शाही, सहायक कोच निरंजन सत्यालबाट तालिम सहजिकरण गरिएको थियो ।

नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष होम डोङ्गले खेलको विकासका लागि नियमित प्रशिक्षणसंगै प्रतियोगिता जरुरी हुने बताए । विशेषगरि दक्ष प्राविधिक जनशक्तिहरुको अभाव छ ।

उनले भने । यो काठमाण्डौमा विद्यालयस्तरमा नै सिमित भईरहेको उनले बताए । तराई क्षेत्रमा लैजान सके र खेलाडीहरु तयार गर्न सके अन्तरराष्ट्रिय स्तरमा सम्भावना बोकेको खेल भएको उनले बताए ।

जनशक्ति उत्पादन र खेलाडी जन्माउने गरि तालिम र विकासमा सरकारको लगानी जरुरी रहेको छ । देशका २७ जिल्लाहरुमा बास्केटबलको शाखा रहेको बताए । साग गेमपछि केन्द्र सुस्ताएको छ ।

चाईनामा हुने बिच एशियन गेमका लागि मेन्स र वुमन्सको ३ बाई ३ गेमको ट्रेनिङ शुरु गरेको उनले बताए । नेपालमा काठमाण्डौ केन्द्रमा ४ जना र पुर्वमा एकजना गरि जम्मा ५ जना प्रशिक्षक रहेका छन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको