११ भदौ २०८३, बिहिबार | August 27, 2026

‘रहर लागेर मृगौला जचाउन विदेश गएको थिइन, सेवा नपाएर गएको थिएँ’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई रहर लागेर मृगौलाको उपचार गर्न विदेश नगएको बताएका छन् ।

विश्व मृगौला दिवसका अवसरमा काठमाडौंमा आयोजित चेतनाममूलक प्रभातफेरीपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा विशेषज्ञ सेवा नभएकै कारण आफु विदेश जान बाध्य भएको बताए ।

ओलीले आफ्नो पहिलोपटक मृगौला प्रत्यारोपणको स्मरण गर्दै भने ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ ।’

प्रधानमन्त्री ओलीले नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने पनि बताए । त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाह सहितका विज्ञहरु क्रियाशिल रहेको उनले जानकारी समेत दिए । प्राध्यापक शाह ओलीका निजी चिकित्सक पनि हुन् ।

प्रधानमन्त्री ओलीले दुई पटक मृगौला प्रत्यारोप गरेका छन् । गत वर्ष शाहकै टिमले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको थियो ।

‘मिर्गौला रोगको साथमा स्वस्थ जीवन’ को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ११ : ४८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि