१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मध्यमकालीन खर्च संरचनामा स्वास्थ्य : १ खर्ब ८० अर्ब लागत प्रक्षेपण



काठमाडौं । सरकारले स्वास्थ्य कार्यक्रम सफल बनाउन मध्यकालीन खर्च संरचना तयार पारेको छ ।

राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना आर्थिक वर्ष २०७७/७८-२०७९/८० भित्र स्वास्थ्य कार्यक्रमका नतिजा, सूचक तथा लक्ष्य पूरा गर्न १ खर्ब ८० अर्ब ७७ करोड ४ लाख रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ ।

जसअन्तर्गत २०७७/७८ मा ६० अर्ब ६७ करोड ८८ लाख, २०७८/७९ मा ५८ अर्ब ४९ करोड ४ लाख र २०७९/८० मा ६१ अर्ब ६० करोड १२ लाख खर्च लाग्ने प्रक्षेपण गरिएको छ ।

यसअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा ब्याक्टेरियोलोजी, बायोकेमेस्ट्रि सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । मध्यमकालीन खर्च संरचनामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अत्यन्तै प्रभावकारी र कामकाजी बनाइने प्रस्ताव गरिएको छ । देशभर रहेका अस्पतालको स्तरोन्नति गर्ने योजनासमेत अघि सारिएको छ ।

सरकारले २०७९/८० सम्म १ लाख जनसंख्यामा ९५ जना डाक्टर पुर्याउने लक्ष्य निर्धारण गरेको छ । हाल प्रत्येक १ लाखमा डाक्टरको संख्या ७८ जना रहेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार दर्तावाल डाक्टरको संख्या एमबीबीएस र बीडीएसतर्फ २८ हजार ४ सय ७७ रहेको छ ।

स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या अत्यन्त न्यून रहेको छ । कुल जनसंख्याको ७ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा २०७९/८० सम्म ६० प्रतिशत पुर्याउने योजना अघि सारिएको छ । हाल प्रतिलाख जनसंख्यामा १ हजार ५० स्वास्थ्यकर्मी रहेका छन् ।

अबको एक वर्षमा प्रतिलाख जनसंख्यामा ४ हजार ४ सय ५० स्वास्थ्यकर्मी पुर्याइने मध्यमकालीन खर्च संरचनामा उल्लेख छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ५४ बजे

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना