१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

किसानलाई वर्णशङ्कर मकैको बीउ उत्पादन तालीम



चितवन । किसानलाई वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ ।

राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए ।

वर्णशङ्कर मकैको बीउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका वर्णशङ्कर परीक्षण तथा सिफारिस गर्ने व्यवस्था, वर्णशङ्कर मकैमा मलखाद व्यवस्थापन, मकैमा लाग्ने प्रमुख रोगलगायत विषयमा विज्ञले तालीम दिएका थिए । मकै उत्पादनमा आत्मनिर्भर बन्न नसकेको वर्तमान अवस्थामा तालीमपछि कृषक वर्णशङ्कर मकै उत्पादनमा अग्रसर हुने अपेक्षा राखिएको तालीम संयोजक वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीले बताए ।

व्यावसायिक फड्को मार्न वर्णशङ्कर उत्पादनमा जानु पर्नेमा उनको जोड छ । “हामी अझै पनि स्थानीय जातका मकै उत्पादन गरिरहेका छौँ”, उनले भने, “जुन व्यावसायिक कृषिका लागि लाभदायक छैन ।” मकै उत्पादन बढाउनका लागि वर्णशङ्कर मकैको बीउ उत्पादन आफैँले गर्न सक्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रमका संयोजक डा केशवबाबु कोइरालाले स्वदेशमा नै वर्णशङ्कर मकै उत्पादन गर्न सके बर्सेनि विदेशिने ठूलो रकम रोक्न सकिने बताए । हाल नेपालमा बर्सेनि दुई हजार मेट्रिक टन वर्णशङ्कर मकैको बीउ आयात हुन्छ ।

नेपालमा उत्पादन भइरहेको मकैले कूल खपतको २५ देखि ३० प्रतिशत मात्र धान्ने गरेको छ । कखुरापालक कृषकका लागि मात्रै वार्षिक पाँच लाख मेट्रिक टन मकै बाह्य मुलुकबाट आयात हुने गरेको तथ्याङ्कले देखाएको छ । बीउ खरीदका लागि विदेशिने रकम मात्रै रोक्न सके पनि कृषक महङ्गीको मारबाट बच्न सक्ने विज्ञहरु बताउँछन् ।

कार्यक्रममा रामपुरका प्राविधिक दामोदर गौतमले कृषक आफैँले वर्णशङ्कर मकै उत्पादन गर्न शुरु गरे वर्णशङ्कर मकैको बीउ आयातसमेत विस्तारै कम हुने बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ११ : २० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम