५ श्रावण २०८३, मंगलबार | July 21, 2026

किसानलाई वर्णशङ्कर मकैको बीउ उत्पादन तालीम



चितवन । किसानलाई वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ ।

राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए ।

वर्णशङ्कर मकैको बीउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका वर्णशङ्कर परीक्षण तथा सिफारिस गर्ने व्यवस्था, वर्णशङ्कर मकैमा मलखाद व्यवस्थापन, मकैमा लाग्ने प्रमुख रोगलगायत विषयमा विज्ञले तालीम दिएका थिए । मकै उत्पादनमा आत्मनिर्भर बन्न नसकेको वर्तमान अवस्थामा तालीमपछि कृषक वर्णशङ्कर मकै उत्पादनमा अग्रसर हुने अपेक्षा राखिएको तालीम संयोजक वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीले बताए ।

व्यावसायिक फड्को मार्न वर्णशङ्कर उत्पादनमा जानु पर्नेमा उनको जोड छ । “हामी अझै पनि स्थानीय जातका मकै उत्पादन गरिरहेका छौँ”, उनले भने, “जुन व्यावसायिक कृषिका लागि लाभदायक छैन ।” मकै उत्पादन बढाउनका लागि वर्णशङ्कर मकैको बीउ उत्पादन आफैँले गर्न सक्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रमका संयोजक डा केशवबाबु कोइरालाले स्वदेशमा नै वर्णशङ्कर मकै उत्पादन गर्न सके बर्सेनि विदेशिने ठूलो रकम रोक्न सकिने बताए । हाल नेपालमा बर्सेनि दुई हजार मेट्रिक टन वर्णशङ्कर मकैको बीउ आयात हुन्छ ।

नेपालमा उत्पादन भइरहेको मकैले कूल खपतको २५ देखि ३० प्रतिशत मात्र धान्ने गरेको छ । कखुरापालक कृषकका लागि मात्रै वार्षिक पाँच लाख मेट्रिक टन मकै बाह्य मुलुकबाट आयात हुने गरेको तथ्याङ्कले देखाएको छ । बीउ खरीदका लागि विदेशिने रकम मात्रै रोक्न सके पनि कृषक महङ्गीको मारबाट बच्न सक्ने विज्ञहरु बताउँछन् ।

कार्यक्रममा रामपुरका प्राविधिक दामोदर गौतमले कृषक आफैँले वर्णशङ्कर मकै उत्पादन गर्न शुरु गरे वर्णशङ्कर मकैको बीउ आयातसमेत विस्तारै कम हुने बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ११ : २० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं