१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय, २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको माओवादीको स्थायी कमिटी बैठकले ओली सरकारमा भएका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकले पार्टी छोडेर एमालेमा गएका मन्त्रीहरुसहित सबै नेता एवं संघीय र प्रदेश सांसदहरुलाई २४ घण्टाभित्र निर्देशन दिएको छ ।

तर, सरकारमा रहेका कुनै पनि मन्त्रीले भने फिर्ता नहुने यसअघि नै स्पष्ट पारिसकेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनयन गर्दै जिम्मेवारी समेत तोकिसकेका छन् ।

माओवादी केन्द्रले भने पार्टी निर्देशन अवज्ञा गर्ने मन्त्रीको सांसद पद खारेज गर्ने प्रक्रिया अघि बढाउनेछ ।

बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ । चैत १ गतेको केन्द्रीय समिति बैठक भने यथावत रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : १८ बजे

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल