१ पुस २०८२, मंगलबार | December 17, 2025

अब ओलीसँग फर्किने सम्भावना छैन : माधव नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अव ओली नेतृत्वको एमालेमा फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । माधव पक्षको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा वरिष्ठ नेता एमाले पार्टी विभाजनतिर पुगेको बताए ।

नेपालले देशभरबाट नेता कार्यकर्ताले आफूहरुलाई साथ दिने बचन दिएको उल्लेख गर्दै नेपालले ग्राउण्ड लेबलसम्म आफूहरुको पक्षमा माहोल रहेको दावी गरे । उनले अन्यायका विरुद्ध लड्न सांसदहरुले लोगो छुटाउन तयार रहेको बताउँदै देशभरी अन्यायको विरुद्ध कार्यकर्ताहरु एकताबद्ध हुँदै गएको बताए । ‘ चमत्कार नै भएमात्रै केहि होला,नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’ नेपालले भने ।

उनले एमालेको मूलधार आफूहरु नै भएको दावी गर्दै अब वृहत बाम एकताको पहल थालिने पनि बताए । आफूसहित झलनाथ खनाल सँगसँगै हुँदै गर्दा वामदेव गौतमपनि यो अभियानमा सहभागी हुने नेपालले विश्वास व्यक्त गरे । नेपालले एमालेका बहुमत नेता कार्यकर्ता आफ्ना पक्षमा रहेको दाबी गरे ।

उनले आफूहरुले नेतृत्व गरेको एमालेमा मोहनविक्रम सिंहदेखि विप्लव सम्मलाई समेट्न सकिने गरी योजना बनाउँदै अगाडी बढ्ने तयारी भएको बताए ।

नेपालले जेठ २ गते अगाडिको संगठनको अवस्था बाहेक अन्य संगठन आफुहरुलाई स्विकार नभएको स्पष्ट पारे । ‘अब ओलीसँग फर्किने सम्भावना छैन । चैत्र ७ मा ओलीले बोलाएको बैठकमा पनि गइन्न’, नेपालले भने ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ०५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष