१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक आज बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्काइदिएपछि पार्टी रणनीति तय गर्नका लागि आज केन्द्रीय समिति बैठक डाकिएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नुअघि निर्वाचन आयोगमा बुझाएको ८७ जना सदस्य उपस्थित हुनेछन् । यससँगै साविक नेकपामा माओवादी केन्द्रको तर्फबाट मनोनित गरिएका थप ११३ सदस्यको समेत उपस्थिति रहनेछ । ४४१ सदस्यीय नेकपामा माओवादी केन्द्रबाट २०० जना केन्द्रीय सदस्य मनोनित भएका थिए ।

शनिबार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले पनि चैत १ मा हुने केन्द्रीय समितिको बैठक यथावत् राख्ने निर्णय गरेको थियो । तर, चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूलाई तत्काल सरकारबाट फिर्ता आउन र एमालेमा केन्द्रीय सदस्य बनेका आफ्ना नेताहरूलाई आफ्नो पार्टी कुन हो स्पष्ट गर्न र दल त्याग गरेको भए २४ घण्टाभित्र पार्टीलाई सूचित गर्न निर्देशन समेत दिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : २६ बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल