१६ बैशाख २०८१, आइतबार | April 28, 2024

ओलीको निर्णय कार्यान्वयन नगर्न एमालेको माधव-झलनाथ पक्षले निर्वाचन आयोगलाई बुझायो पत्र



काठमाडौं । नेकपा एमालेका माधव झलनाथ पक्षलेले ओली पक्षले फागुन २८ गते गरेको एकलौटी निर्णय कार्यान्वयन नगर्न माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपालसहितका पदाधिकारीहरु आयोग पुगेर दुई पन्ने पत्र बुझाउँदै ओलीको निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले बालुवाटारमा आफु पक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएर त्यसैलाई केन्द्रीय कमिटीको बैठक भन्दै पदाधिकारी खारेज गरेका थिए भने माओवादी केन्द्रबाट आफुलाई साथ दिएका २३ नेतालाई केन्द्रीय सदस्य बनाएका थिए ।

अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेशनबाट पारित विधानमा रहेको बाधा अड्काउ धारा प्रयोग गर्दै आफुमा रहेको विशेषाधिकार प्रयोग गरेको जनाएका थिए । ओलीले विधानमा रहेको ७० वर्षे उमेर हद पनि खारेज गरेका थिए ।

नेपाल पक्षले निर्वाचन आयोगलाई बुझाएको पत्रमा पार्टी विधानको धारा १३ र १३ क बमोजिम विधान संशोधन राष्ट्रिय महाधिवेशन या विधान अधिवेशनले मात्रै गर्न सक्ने उल्लेख गरेको छ । नेपाल पक्षले ओलीले बालुवाटारमा राखेको बैठक नै अवैध भएको दाबी गरेको छ ।

 

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : २५ बजे

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको