१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एमाले विवाद : राष्ट्रिय भेला नरोक्ने माधव-झलनाथ पक्षको निर्णय, ओलीको चियापान बहिस्कार गर्ने



काठमाडौं । नेकपा एमालेको माधव झलनाथ पक्षले राष्ट्रिय भेला नरोक्ने निर्णय गरेको छ ।

काठमाडौंको अर्याल होटलमा आफु निकट केन्द्रीय सदस्यहरु र सांसदहरुसँग बैठकपछि चैत ४ र ५ गतेका लागि बोलाइएको राष्ट्रिय भेला नरोक्ने निर्णय गरेको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार बिहान ओली पक्षसँग भएको बैठकबारे जानकारी गराएका थिए । ओलीसँग दुई घण्टाभन्दा बढी छलफल भएपनि कुनै सकारात्मक निस्कर्ष ननिस्किएको नेपाल पक्षको ठम्याई रहेको छ ।

नेता नेपालले ओलीसँगको छलफल ब्रिफिङ गर्दै ओली विवाद मिलाउने पक्षमा नरहेको बताएका थिए । ओलीले आफ्नो गुट भेला गरेर फागुन २८ गते गरेको निर्णय फिर्ता लिन तयार नभएको पनि उनले बताएका थिए ।

माधव झलनाथ पक्षले ओलीले बोलाएको चियापान कार्यक्रम पनि बहिस्कार गर्ने भएका छन् । नेताहरुले केन्द्रीय सदस्य र सांसदहरुलाई चियापानमा अनुपस्थित हुन निर्देशन दिएका छन् । ओलीको चियापान आफुहरुलाई भुलाउने रणनीति भएको उनीहरुको निस्कर्ष रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ४५ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको