२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट भएको घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ



सिरहा । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१८ बस्ने ३९ वर्षीय बलराम मण्डल रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

मण्डललाई सशस्त्र प्रहरीको टोलीले सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट सोमबार साँझ ५ बजे पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दिपेश गिरीले जानकारी दिए ।

उनले पक्राउ परेका मण्डल यसअघि पनि बम काण्डहरूमा संलग्न रहेकाले त्यसै आशंकाका आधारमा उनलाई पक्राउ गरिएको बताए ।

आइतबार दिउँसो करिब १ बजेको समयमा लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट भएको थियो । विस्फोटमा परी धनगढीमाई नगरपालिका-१३ बस्ने ३० वर्षीय दिनेशकुमार भण्डारी, कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६ का ५२ वर्षीय लालबहादुर विक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४ का ३८ वर्षीय फुल कुमारी ठाकुर, भगवानपुर गाउँपालिका-३ का ५४ वर्षीय बद्री नारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर घाइते भएका थिए ।

घाइते मध्ये दिनेशको उपचार काठमाडौंमा भइरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ४९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार